ताजा समाचार

News

समानुपातिकतर्फ बन्दसूचि पेश गर्ने क्रम सुरु

२०७४ असोज २९ आइतबार
समानुपातिकतर्फ बन्दसूचि पेश गर्ने क्रम सुरु
 
काठमाडौं, असोज २९ –
 
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गर्न सुरु गरेका छन् । कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आइतबार बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूचि पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० तथा प्रदेशसभाको समानुपातिकतर्फ दुई सय २० पदका लागि बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको बन्दसूचि पेश गर्ने कार्यतालिका छ ।
दलहरुले उम्मेदवारको बन्दसूचि पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रमुख समाचार

कर्मचारी

View All