ताजा समाचार

News

कञ्चनपुर ठूलो व्यापारिक नाकाका रुपमा विकास हुन्छः नेता लेखक

२०७४ असोज २८ शनिबार
image not found

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर आगामी केही वर्षभित्रै ठूलो व्यापारिक नाकाका रुपमा विकास हुने बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज व्यापार तथा व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक सम्मेलनको उद्घाटनपछि बोल्दै नेता लेखकले कञ्चनपुरबाट उत्तरको चीन र दक्षिणको भारतलाई यातायात र पूर्वाधार जोड्न सके केही वर्षभित्रै ठूलो नाकाका रुपमा विकास हुनेमा जोड दिनुभयो ।

उहाँले दुवै देशसित व्यापारिक नाका बनाउने विषय प्रक्रियामा रहेको जानकारी समेत दिनुभयो । उहाँले व्यापारमा नयाँ प्रकृति आइरहेको बताउँदैसँगै आउने चुनौती र सम्भावनालाई व्यवस्थापन आजको आवश्यकता रहेको औँल्याउनुभयो । 

मुलुक आर्थिक रुपले सबल भए मात्रै लोकतन्त्र दिगो रहनसक्ने उहाँको भनाइ थियो ।  यहाँस्थित ब्रिक्टन कलेजको आयोजनामा आजदेखि शुरु भएको शैक्षिक सम्मेलनमा महेन्द्रनगर र धनगढीका विभिन्न क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता रहेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All