ताजा समाचार

News

महिला कृषि सहकारी संस्था द्धारा जनप्रतिनिधी लाई सम्मान

२०७४ भदौ २ शुक्रबार
विमल धामी
कञ्चनपुर, भदौं २
 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान कृषि सहकारी संस्था द्धारा बेल्डाँडीका जनप्रतिनिधीलाई सम्मान गरेको छन् । विगत २ बर्ष देखि बेल्डाँडी विकासको क्षेत्रमा काम गर्दै आएको महिला सहकारी संस्थामा हाल सम्म ९० वटा समुह रहेका छन् । ११ जना कार्य समिति रहेको संस्थामा ३ जना कर्मचारी रहेको संस्थाकी अध्यक्ष कमला जोशीले जानकारी गराउनु भयो उनले भने हामीले खास गरेर महिला र कृषि क्षेत्रमा काम गर्न लागेको बताए । अव आएका जन प्रतिनिधीले महिला र कृषि क्षेत्रमा सहयोग गर्नु पर्ने माग समेत गरेका थिए ।
 
सम्मान पाएका जनप्रतिनिधी बेल्डाँडीका अध्यक्ष धन बहादुर थापाले महिला र कृषि क्षेत्रमा विषेश लागानी गर्ने बचन दिएका थिए । नेपाल कृषि प्रदान देश भएकाले कृषिमा हाम्रो जोड रहेन बताए ।

प्रमुख समाचार

कर्मचारी

View All