ताजा समाचार

News

बझाङमा सिडिओ नहुँदा सेवाग्राही मर्कामा

२०७४ भदौ १ बिहिबार
भदौ १, बझाङ   ।
 
जिल्ला प्रशासन कार्यलय बझाङमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी केशब बहादुर थपाको सुरुवा भएको र सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवर यसअघि नै काठमाण्डौ जानु भएकाले सेवाग्राहीको काम प्रभावित भएको हो ।
 
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुँदा नागरीकता, पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका सेवाग्राहीहरु रित्तो हात फर्किन बाध्य भएका छन ।
 
छोरा र छोरीको नागरिकताका लागि जिल्ला प्रशासन कार्यलयमा पुग्नु भएका केदारस्युँ गाउँपालिका ९ का करविर बोहराले कार्यालयमा हाकीम नहँुदा काम नभएको बताएका छन् । यस्तै मष्टा गाँउपालीका ३ भातेखोला बाट नागरीकता बनाउन कै लागी जिल्ला प्रशास कार्यलय पुग्नुभएका ६९ बर्षिया झिल्के खड्काले पनी जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुबै नहुँदा आफूले दुःख पाएको बताएका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All