ताजा समाचार

News

प्रमुख तीन दलबीच केन्द्र र प्रदेशसभाको निर्वाचन एकैपटकमा गर्ने सहमति

२०७४ श्रावण ३२ बुधबार
साउन ३२,काठमाडौं । 
 
प्रमुख तीन दलबीच केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मंसिर दोस्रो साताभित्र एकैदिनमा निर्वाचन गर्ने सहमति भएको हो ।
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने मंसिर १० गतेभित्र निर्वाचन हुनुपर्ने धारणा राखेको छ ।यस्तै, संविधान संशोधनको विषयलाई पनि भदौ ५ गतेभित्र मतदान प्रक्रियामा लगेर टुंग्याउने सहमतिसमेत भएको नेताहरुले बताएका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All