ताजा समाचार

News

कञ्चनपुर कैलालीको पुरानो सदरमुकाम बेलौरीको छोटी भन्सारको अवस्था निकै नाजुक बन्दै

२०७४ श्रावण ३२ बुधबार
image not found
रमेश प्रसाद भट्ट
साउन ३२,सुदूर संञ्चार ।
 
कञ्चनपुर कैलालीको पुरानो सदरमुकाम बेलौरीको छोटी भन्सारको अवस्था निकै नाजुक बन्दै गएको छ । करिब  १ सय ५७ बर्ष पहिला कञ्चनपुर र कैलालीको सदरमुकाम रहेको बेलौरीको छोटी भन्सारको स्तर उन्नति नहुदा त्यसको अवस्था नाजुक बन्दै गएको हो ।
 
भन्सारको आफु संग रहेको ४ गिाहा १७ कट्टा जमिन र त्यस भित्र बनेका भौतिक संरचनाको पनि उचित संरक्षण तथा संवद्र्धन नहुदा जिर्ण बन्दा सम्म समेत सम्बन्धित निकायले कुनै पनि चासो नदिएको पाईएको यस क्षेत्रका स्थानिय बासिनदााहरुको भनाई रहेको छ ।त्यस भित्र बनेका पुराना भवन र नयाँ भवनको समेत संरक्षण हुन सकेको छैन, भने छोटी भन्सारलाई भन्सार नाकाको रुपमा खुलानका लागि कसैले पनि पहल गरेको पाईदैन् ।
 
द्धन्दकालको समयमा विस्थापित भएको छोटी भन्सारले देशमा शान्ति स्थापना भएपछि कार्य शुरु गरेको थियो । एैतिहासिक रुपमा पनि पुराना पम्पतिको संरक्षण गर्नुको साटो भौतिक संरचनाहरुको व्यवस्ता गरीएको छ । अहिले छोटी भन्सार संग एकटा दुई तले पुरानो भवन र दुईवटा नयाँ भवनहरु रहेका छन् । 
 
भन्सारमा सुब्वा स्तरको दरबन्दी रहेको भए पनि कार्यालय सहयोगीको भरमा मात्रै बेलौरी छोटी भन्सार सञ्चालनमा रहेको छ । त्यसमा पनि पहिला न्युन रुपमा राजस्व उठने गरेको पाईन्छ । कार्यालय सहयोगी करन्या बोहराका अनुसार प्रति दिन एक हजार पनि बल्ल तल्ल राजस्व उठने गरेको बताए । उनले भने आफु २०६६ साल तिर यसै भन्सारमा बसेको थिए ३६ लाख रुपया प्रति महिना उठथ्यो अहिले बल्ल तल्ल ३०/३५ हजार मात्र राजस्व संकलन हुने गरेको बताए ।
 
उनका अनुसार आफु राति एक्लै भन्सारमा बस्नु पर्ने भएकाले आफ्नो सुरक्षा नभएकाले पनि जसले जति दिए पनि समान हेरेर राजस्व काटने गरेको बताए । यस्तै उनले  भने ५० किलो चिनी ल्याए पनि ५ किलोको भन्सार काटनु पर्ने बाध्यता छ, भने अन्यको सवालमा समानलाई हेरेर अन्दाजी भन्सार काटनु पर्ने अवस्था रहेको बताए । 
 
वि.स. २०१९ सालमा सदरमुकाम तत्कालीन नाम घुसुडी बजार अथवा महेन्द्रनगर सरेपछि दक्षिणि क्षेत्र विकासका दृष्टि कोणबाट पछाडि परेको पाईन्छ ।  यसरी यस क्षेत्रको आर्थिक समृद्धि र विकासका निमित्त भन्सारको स्तर उन्नतीका लागि विभिन्न बेलामा नाकाको रुपमा स्थापना गर्ने सवालमा आवाज उठेपनि त्यसका लागि आवश्यक पहल गर्नमा कसैले पनि चासो देखाएको पाईदैन । उक्त भन्सारको स्तर उन्नतिका लागि सबैको ध्यान जान जरुरी देसखन्छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All