ताजा समाचार

News

सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत् विद्यार्थीको हत्यापछि विद्यार्थी संगठनहरुद्धारा भर्त्सना

२०७४ श्रावण २९ आइतबार
साउन २९,कन्चनपुर । 
 
 
कन्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत् विद्यार्थीको शनिबार बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् । बझाङ घर भइ हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बीएससी चौथो वर्षमा अध्ययनरत् विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो  
 
मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सन्चालन गर्दै आएको बुझिएको छ । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत् घटनाको भर्त्सना गर्दै हत्यारा पत्ता लगाइ कारबाहीको माग गरेका छन् ।
 
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । त्यसैगरी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष ओम बस्नेतले पनि घटनाको भर्त्सना गरेका छन् ।
 
त्यस्तै, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् । जाग्री नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिए । हत्याको समयमा होस्टलमा रहेका अन्य विद्यार्थीले घटनाबारे थाहा नभएको बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All