ताजा समाचार

News

तत्काल राहत र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

२०७४ श्रावण २९ आइतबार
image not found
साउन २९ काठमाडौँ । 
 
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्री मधेसलगायत देशका विभिन्न भूभागमा अविरल वर्षाबाट बाढीग्रस्त र डुबानमा परेकाको तत्काल उद्धार गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायतलाई बाढीग्रस्त भूभागमा तत्काल उद्धार कार्यमा खट्न निर्देशन दिएका हुन् । 
 
‘बाढीले पूर्वी तराईदेखि पश्चिमसम्म धनजनको ठूलो क्षति भइरहेको छ', प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘तपाईंहरू अब काठमाडौं बस्ने होइन, बाढी प्रभावित क्षेत्रमा जानुहोस् र एकीकृत रूपमा उद्धार गर्नुहोस् ।'
 
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्रीले बाढीबाट डुबानमा पर्न सक्ने भूभाग पहिचान गरी उच्च सतर्कता उपनाउन पनि निर्देशन दिए । प्रधानमन्त्रीले बाढीपीडितको उद्धार, राहत र सुरक्षित स्थानमा लैजान सरकारले सबै सहयोग गर्न तत्पर रहेको बताउँदै सुरक्षा निकायलाई नागरिक समाजसँग समेत आग्रह गरी तत्काल उद्धारमा खटिन निर्देशन दिए ।
 

प्रमुख समाचार

कर्मचारी

View All