ताजा समाचार

News

कञ्चनपुरमा अन्तराष्ट्रिय यूवा दिवस

२०७४ श्रावण २८ शनिबार
image not found
डिल्लीराज पन्त
 
साउन २८,कञ्चनपुर ।
 
अन्तराष्ट्रिय यूवा दिवस विभिन्न कार्यक्रम गरी कञ्चनपुरको विभिन्न क्षेत्रमा भव्य रुपमा मनाईएको छ । सनिवार विहानै देखि यस क्षेत्रका विभिन्न सरकारी तथा गैरसरकारी संस्था एवं विभिन्न विद्यालयका विद्यार्थिहरुको सहभागितामा विभिन्न चेतनामुलुक कार्यक्रमा तथा अन्र्तकृया गरी मनाईएको हो ।यसैक्रममा ‘शान्ति निर्माणमा युवा, शान्ति र समृद्धिमा युवा‘ भन्नै मुल नारा का साथ कञ्चनपरको सदरमुकाम महेन्द्रनगरमा ठुलो जनसहभागितामा विभिन्न् जनचेतना मुलुक नारा लेखिएका प्लेकार्ड सहित वजार परित्रमा गरेका थिए ।
 
महेन्द्रनगर वजारको मदनचोक वाट नारा सहित सुरु भएको युवाहरुको र्याली बसपार्कचोक, ट्राफिक चोक, जिल्ला प्रशासन सम्विधान चोक हुदै पुनह मदन चोक पुगी कोण सभा गरेका थिए ।कोण सभामा बोल्दै अधिकांश युवाहरुले अहिलेको समयमा युवाहरुको मुख्य समस्या वेरोजगारी रहेकाले मुलुकमा रहेका सक्षम युवाहरु ीवदेश पलायन भईरहेको अवस्थामा सरकारले देशमा विभिन्न युवा लक्षित रोजगारको सिर्जना गर्नु अत्यावस्यक रहेको औल्याएका छन । साथै उनिहरुले सरकारले केहि मात्रामा आउने रेमिट्यान्सका कारण स्वदेशमा युवाहरुको व्यवस्थापन गर्नुपर्ने मा बैदेशिक स्वजगारीलाई वढि महत्व दिईरहेको गुनासो समेत गरेका छन ।
 
साथै अधिकांश यूवाहरुले स्थानीय तहले युवाहरु लाई बेवास्था गरेको बताएका छन । उनले स्थानीय तहले अहिलेको बजेटमा अधिकांस बजे युवा लक्षित कार्यक्रमा खर्च गर्नुपर्नेमा जोड दिनुका साथै नेपालको सन्दर्भमा युवा हरु चुनावमा मात्र प्रयोग गरिने परिपाटीको अन्य गर्नुमा सबै युवाहरुले सचेत हुनु पर्ने आशय प्रकट गरेका थिए ।युवा दिवसकै अवसर पारेर कञ्चनपुरमा रक्तदान, बृक्षारोपण, दिप प्रज्वलन लगायतका कार्यक्रम समेत आयोजना गरीएका छन ।कार्यक्रममा युवाका साथै जिल्ला स्थित विभन्न सरकारी तथा गैरसरकारी संघ संस्था, नागरीक समाज ,बुद्धिजिवि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All