ताजा समाचार

News

स्वतन्त्र मेयर उम्मेदवार गोपाल हमाल विवेकशील साझा पार्टीमा

२०७४ श्रावण २८ शनिबार
image not found
शिवराज भट्ट 
साउन २८, धनगढी  ।
 
 
 केही दिनअघि मात्रै एकीकरण भएको विवेकशील साझा पार्टीले सुदूरपश्चिमबाट संगठन निर्माण सुरु गरेको छ । पार्टीका संयोजक द्वय रविन्द्र मिश्र र उज्वल थापासहितका केन्द्रीय पदाधीकारीले शनिबार प्रदेश नम्बर ७ को संयोजकमा गोपाल हमाललाई चयन गरेको छ ।धनगढीको शुभश्री प्यालेसमा आयोजित कार्यक्रममा हमाललाई संयोजक चयन गरिएको हो ।
 
हमाल, सुन्दर सुदूरपश्चिम अभियानका अभियानकर्ता हुन । हमाल हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालीकामा विजयी नेपाली काँग्रेसका उमेदवारका निकटतम प्रतिद्वन्द्वी हुन । उहाँले ११ हजार ५२७ मत प्राप्तगरेका थिए ।
 
स्थानीय तहमा देशभरीमै नम्बर १ पार्टी बनेको नेकपा एमाले र व्यवस्थापिका संसदको तेस्रो ठुलो पार्टी नेकपा माओवादी केन्द्रका उमेदवारलाई उछिन्दै हमाल निकतम प्रतिद्वन्द्वी हुनु भएको हो । धनगढी उपमहानरपालिकामा काँग्रेसका नृपबहादुर ओड हमाल भन्दा झण्डै ढाई हजार मत बढी ल्याएर मेयरमा जित्नु भएको हो ।
 
यसअघि ‘विकास हाम्रै पालामा’ अभियान सञ्चालन गरेका हमालले, व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकाले आफूले ईमान्दार भएर देशको सेवा गर्ने प्रतिवद्धता जनाए । विवेकशील साझा पार्टीका सहसंयोजक द्वय रविन्द्र मिश्र र उज्वल थापाले हमाललाई प्रदेश संयोजक घोषणा गरेपछि कार्यक्रम सुरु भएको थियो ।
 
देशका ठूला राजनीतिक दलका घोषणापत्र र योजनाहरु कागजमा मात्रै सीमित रहेका र नेपालीको मुहारमा मुस्कान आउन नसकेकाले विवेकशील साझा पार्टीले जनताको मुहारमा मुस्कान ल्याउने काम गर्ने पार्टीका सह संयोजक रविन्द्र मिश्रले बताए उनले नेपाललाई अबको १० वर्षमै विकास र समृद्धि तिर डो¥याउन सकिने भएकाले, आफूसहित विवेकशीलका साथीहरु बैकल्पिक राजनीतिमा लागेको बताए ।
 
कार्यक्रममा अर्का सहसंयोजक उज्वल थापाले राजनीति सेवा भन्दा पनि राजनीतिलाई पेशा बनाईएकाले नेपालको मुहार फेर्न नसकिएकाले विवेकशील साझा पार्टी देशको मुहार फेर्ने पार्टी हुने दावी गरे कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शहरी विकास विज्ञ डाक्टर सूर्यप्रसाद आचार्य, काठमाडौंबाट मेयरमा उमेदवारी दिनु भएका किशोर थापा, सविता परियार लगायतको सहभागिता रहेको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All