ताजा समाचार

News

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले

२०७४ श्रावण २८ शनिबार
image not found
साउन २८,काठमाडौ ।
 
 
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनाद्र्धन शर्मासहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएका छन् ।देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोको चपेटामा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने क्रममा अहिले साँझ ५ बजे गृहमन्त्री, गृहसचिव, तीन सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयको दैवी प्रकोप उद्धार महाशाखाका प्रमुख र अन्य सम्बन्धित अधिकारीहरूसँग बालुवाटारमा छलफल गर्न बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ ।
 
बाढी पहिरोको क्रममा बिभिन्न जिल्लामा ३० जनाको निधन भइसकेको छ भने लाखौ मानिसहरु प्रभावित भएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All