ताजा समाचार

News

डा. केसीका समर्थकले केपी ओलीको घर घेरे, प्रचण्डको पनि घेर्ने तयारी

२०७४ श्रावण २८ शनिबार
साउन २८ काठमाडौं   ।   
 
 
डाक्टर गोविन्द केसीका माग पुरा गर्न दबाब दिँदै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट घेराउ गरेका छन् ।   २० दिनदेखि अनसनमा बसेका डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरुले नै चासो नदिएको  भन्दै सोलिडारिटी फर डाक्टर गोविन्द केसी, विवेकशील साझा पार्टीलगायतका संघसंस्थाले ओली निवास वालकोट घेरेका हुन् । ओली निवासबाहिर चर्को नाराबाजीसहित प्रदर्शन भएको विवेकशील साझा पार्टीका मिलन पाण्डेले जानकारी दिनुभयो । 
 
ओली भने हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ जानुभएको छ । डाक्टर केसीका माग पूरा गर्न दवाव दिँदै आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाट घेराउको तयारी भैरहेको पनि आयोजकले जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All