ताजा समाचार

News

सबैलाई सतर्क रहन सरकारको आग्रह

२०७४ श्रावण २८ शनिबार
image not found
साउन २८, काठमाडौं ।
 
सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ । शनिबार देशैभर बदली भई वर्षा हुने भएकोले सरकारले यस्तो आग्रह गरेको हो ।देशभरीका तराईका क्षेत्रदेखी महाभारतसम्म बाढी पहिरोको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ ।
 
लगातारको वर्षाले देशैभरको जनजिवन प्रभावित, कतै पहिरो कतै डुवान
 
यसैगरी पश्चिमममा महाभारत र चुरे क्षेत्रबाट बहने नदी तथा खोलाहरुमा शनिबार बेलुकासम्म बहाव उच्च हुने हुुँदा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आह्वान गरेको छ । पश्चिम राप्ती, बबई, बाणगंगालगायत नदीमा जल सतह बढ्दो क्रममा छ ।अविरल वर्षाका कारण पहिरो झर्दा ताप्लेजुङमा एक घर भत्किएको छ भने दुई घर पहिरोको जोखिममा परेका छन् ।
 
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ३, माखाथोकमा शुक्रबार राति करिब साढे ६ बजे पहिरो झर्दा कुमार रसाईलीको घर भत्किएको छ । रसाईलीको परिवार समयमै भागेकाले मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All