ताजा समाचार

News

अखिल क्रान्तिकारीका जिल्ला नेताको घाँटी रेटेर हत्या

२०७४ श्रावण २८ शनिबार
image not found
साउन २८, कञ्चनपुर  ।
 
कञ्चनपुरमा अखिल क्रान्तिकारीका एक नेताको घाँटी रेटेर हत्या भएको छ । शनिबार बिहान ९ बजे तिर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको घाँटी रेटेर हत्या भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकास बहादुर चन्दका अनुसार जाग्री रहस्यमयी तरिकाले मृत अवस्थामा भेटिएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान स्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्रै २५ वर्षीय जाग्रीको हत्या भएको प्रहरीले जनाएको छ ।
 
छात्रावासका क्यान्टिन कारिगर भारतीय नागरिक सुरेन्द्र सिह रावतले आफु दाल पकाईरहेको अवस्थामा स्टोरबाट डाडु ल्याउन सहयोगी सुरज ढगौरालाई पठाएका बेला जाग्री मृत्य अवस्थामा भेटिएको बताए ।
 
डम्बरको हत्या भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता भीम बहादुर दाहालको नेतृत्वमा प्रहरीको टोली अहिले घटना स्थलमा पुगि अनुसन्धान सुरु गरको छ ।
 
घटनाको अनुसन्धान गरेर घाँटी रेटेर हत्या या के कति कारणले हत्या भएको बारे थप अनुसन्धान थालिने कञ्चनपुर प्रहरीले जनाएको छ ।
 
सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो वर्षमा अध्ययनरत जाग्री अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक जाग्री बझाङ्ग–६ गलेदुर्गाका बासिन्दा हुन् । उनको तरकारी काट्ने दाउले घाँटी रेटेको विद्यार्थीले दाबी गरेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All