ताजा समाचार

News

कञ्चनपुरका आठ स्थानीय तहमा कार्यपालिकाको पुर्णता

२०७४ श्रावण २ सोमबार
साउन २, सुदूर संञ्चार ।
 
कञ्चनपुरका दुई गाउँपालिका ६ नगरपालिका सहित आठ स्थानीय तहमा कार्यपालिकाले पुर्णता पाएको छ । पुनर्वास नगरपालिका बाहेक अन्य स्थानीय तहमा कार्यपालिकाले पुर्णता पाएको जिल्ला निर्वाचन  कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी केशव भण्डारीले पुनर्वासमा ढिला मत गणना सम्पन्न भएकाले अन्य स्तानीय तहमा कार्यपालिका गठन भएको बताए ।
 
भण्डारीका अनुसार बेल्डाँडी, लालझाँडी गाउँपालिका, महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको हो ।  नगरपालिकामा ३ दलित वा अल्प संख्यकबाट, ५ निर्वाचित महिला सदस्य र  गाउँपालिकामा २ दलित या अल्प संख्यकबाट मनोनित र ४ महिला निर्वाचित सदस्यबाट कार्यपालिकामा ल्याउने प्रावधान छमनोनित हुने दलित वा अल्प संख्यकमा कञ्चनपुरमा दलित सदस्यको मात्रै उम्मेदवारी परेकाले दलित नै निर्वाचित भएका छन् ।  
 
बेल्डाँडी गाउँपालिकामा मोहन दमाई, हर्के लुहार, लक्ष्मी भट्ट, ममिता आवजी, खगेश्वरी भण्डारी, कमला ओखेडा, लालझाँडी गाँउपालिकामा राम कुमारी राना, शान्ती राना, रेवती ओड, सर्मिला चौधरी, जगदिश लुहार, गंगा विश्वकर्मा   यस्तै नगरपालिका तर्फ कृष्णपुरमा गोबिन्द विक, भवानी पार्की, हरुवा सार्की, तुलसीदेवी कलौनी, धर्मादेवी विश्वकर्मा, विमला कु थापा, लक्ष्मी देवी चौधरी, बसन्ती देवी रावल,शुक्लाफाँटामा ईशवर सुनार, भीम टमाटा, बहादुर दमाई, विमला देवी चौधरी, शान्ती दमाई, लक्ष्मी शाह, एशोदा भट्ट, विमला सार्की, भीमदत्त नगर सरस्वती रावल, प्रताप तिरुवा, कमलादेवी देवकोटा, गिता ओली, द्रोपती देवी जोशी, बसन्ती राना, मदन सिह सेराला, बेदकोटमा दलबिर टमाटा, तारा रैकाल, चेतराम कामी, लक्ष्मी विक, गंगोत्री जोशी, माया महरा, नन्दकला कुलामी, पिङ्की कुलामी र बेलौरीमा तुलसी श्रेष्ठ, कमली चौधरी, असिना कामी, देवीसरा कामी, राम दुलारी गिरी, धन ब. सार्की, विनोद नेपाली र हस्त बहादुर विक निर्वाचित निर्वाचित भएका छन् ।
 
यस्तै नगरपालिका तर्फ कृष्णपुरमा गोबिन्द विक, भवानी पार्की, हरुवा सार्की, तुलसीदेवी कलौनी, धर्मादेवी विश्वकर्मा, विमला कु थापा, लक्ष्मी देवी चौधरी, बसन्ती देवी रावल,शुक्लाफाँटामा ईशवर सुनार, भीम टमाटा, बहादुर दमाई, विमला देवी चौधरी, शान्ती दमाई, लक्ष्मी शाह, एशोदा भट्ट, विमला सार्की, भीमदत्त नगर सरस्वती रावल, प्रताप तिरुवा, कमलादेवी देवकोटा, गिता ओली, द्रोपती देवी जोशी, बसन्ती राना, मदन सिह सेराला, बेदकोटमा दलबिर टमाटा, तारा रैकाल, चेतराम कामी, लक्ष्मी विक, गंगोत्री जोशी, माया महरा, नन्दकला कुलामी, पिङ्की कुलामी र बेलौरीमा तुलसी श्रेष्ठ, कमली चौधरी, असिना कामी, देवीसरा कामी, राम दुलारी गिरी, धन ब. सार्की, विनोद नेपाली र हस्त बहादुर विक निर्वाचित 
भएका छन् ।
 
 भीमदत्त, बेलौरी र शुक्लाफाँटामा काँग्रेस–माओवादीको संयुक्त प्यानलले मनोनयन दर्ता गराएको थियो । लालझाँडीमा एमाले–काँग्रेसको संयुक्त प्यानल दर्ता गराएका थिए । कार्यपालिकाको पुर्णतासंगै स्थानीय तहका काम कार्बाही गर्न सजिलो हुने निर्वाचित पदाधिकारीले बताएका छन् । पुनर्वास नगरपालिकामा साउन ८ गते मात्रै निर्वाचन हुने छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All