ताजा समाचार

News

खुल्ला पत्र

२०७४ असार २५ आइतबार
image not found
रमेश धामी 
कञ्चनपुर २५ असार
 
नव निर्वाचित उपप्रमुख ज्यू 
भिमदत्तनगर कार्यपालीका कञ्चनपुर 
तपाई अब कुनै राजनितिक पार्टी बिषेश मात्र नभएर भिमदत्त नगरबासीको अभिभावक बन्नु भएको छ । बिजयी हुनु भएकोमा बधाई तथा कार्यकालको शुभकामना पनि । जुन दिन तपाई भिमदत्तनगर नगरकार्यपालिकाको गरिमामय उपप्रमुख पदमा बिजयी हुनुभएको थियो त्यो क्षणमा तपाई खुसी भए पनि म दुःखी थिए र छु । किन भने एकातिर प्रमुख पद हात पारेका उम्मेदवारको बिजयी र्यालीमा महेन्द्रनगर बजार भरी जमात थियो भने अर्को तिर १२ हजार ७ सय ७५ मत जुन भिमदत्त नगरपालीकाका कुनै पनि उम्मेदवारले प्राप्त गर्न सकेनन र तपाईले यति धेरै जनमत ल्याउनु भयो तर पनि तपाईको बिजयीको खुसियालीमा करिब ३०,३५ जना शुभईच्छुकको शुभकामना दिन वरिपरी घेरीएको भिड बाहेक कुनै र्याली देख्न सकिएन । ३०,३५ जनामा पनि धरै महिलाहरु नै थिए पुरुष त ८,१० जना भन्दा बढि थिएनन् ।  
 
मलाई लाग्छ कि सबै भन्दा बढि मत ल्याए पनि तपाई महिला भएर नै कुनै खुसियाली र बिजयी जुलुस निकालीएन । नत्र त सबैभन्दा बढि जनमत ल्याउने उम्मेदवारलाई भव्य स्वागत र सम्मान हुनु पर्ने होईन र ? अरु कसैले स्वागत र सम्मान दिन नसके पनि तपाईले टिकट पाउनु भएको पार्टी र मतदिने मतदाताले त स्वागत गर्न सक्थे नी । हुन त मैले त्यतिबेला भिमदत्त नगरपालिका नगरकार्यपालिकाको आँगनमा बिजयी घोषणा हुने बित्तिकै तपाई संग प्रत्यक्ष प्रसारण मार्फत कुराकानी गर्दा सोधेको थिए “सुदुरपश्चिममा महिलाहरुलाई हेर्ने दृष्टिकोण र यहाँका पुस्तौ देखी अन्याय सहेर बसेका महिलाहरुलाई तपाईले उन्मुक्ती दिन सक्नु हुन्छ ? 
 
तपाईले यसको सकरात्मक जवाफ दिए पनि त्यो जवाफमा निराशापन झल्किएको थियो । हो म सारै दुखी छु , किन भने जव सम्म महिलाहरुलाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन हुदैन, जव सम्म अन्यायमा परेर पनि अन्याय सहेर बसेका महिलाहरुले न्याय पाउदैनन्, जव सम्म सबैभन्दा बढि जनमत ल्याउने महिलाको बिजयी जुलुस र सम्मान हुदैन तव सम्म हामीले खुसि हुनुको औचित्य रहदैन । वर्षौ देखिको यो महिला माथी गरीने बिभेदको अन्त्य गर्ने जिम्मा तपाईको हातमा सुम्पीएको छ । अब तपाईले यसको अन्त्यकालागी केहि पहल गर्नु हुनेछ भन्नेमा आशाबादि छु । हैन भने कहिले सम्म हाम्रा दिदीबहिनीहरुले अन्यायको सिकार भएर बस्ने ? कहिले सम्म अपहेलित भएर बस्ने ?