ताजा समाचार

News

बेलौरी नगरपालिकामा नव निर्वाचित मेयर उपमेयरद्धारा पदभार ग्रहण

२०७४ असार २३ शुक्रबार
image not found
रमेश प्रसाद भट्ट
असार २३, सुदूर संञ्चार ।
 
 बेलौरी नगरपालिकामा नव निर्वाचित मेयर उपमेयर र अन्य पदाधिकारीले सपथ खादै पदभार ग्रहण गर्नु भएको छ । शुक्रबार साझ बेलौरी नगरपालिका निर्वाचन अधिकृतको कार्यालयमा आयोजित एक कार्यक्रममा मेयर पोतिलाल चौधरी, उप मेयर चित्रा चौधरी र वडा अध्यक्ष सदस्यहरुले सपथ खादै पदभार ग्रहण गर्नु भएको हो । 
 
मेयर पोतिलाल चौधरी र उप मेयर चित्रा चौधरीले निर्वाचन अधिकृत गोविन्द प्रसाद अधिकारीलेपथ खुवाउनु भएको हो । यस्तै वडा अध्यक्ष र सदस्यहरुले मेयर पोतिलाल चौधरीबाट सपथ खाएका छन् । पदभार ग्रहण गदै मेयर पोतिलाल चौधरीले आफ्नो पहिलो कार्य नगरपालिका भित्र बढी लगाईएको करलाई घटाउने आफ्नो पहिलो काम हुने बताउनु भएको छ । 
 
उहाले भने नगरवासिलाई करको चपेटाले सताएकाले आफुले करको दायरालाई कम गरिने र अन्य तर्फ आय स्रोतका लागि कार्य गरिने बताउनु भएको हो । यस्तै उहाले असार १४ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा मतदान गर्नु हुने सबै भन्दा बढी उमेरका एक जना जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम समेत आफुले राखेको बताउनु भएको छ । यस्तै उहाले नगरपालिकाको समग्र विकासका लागि जनताको अपेक्षाकृत रुपमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।