News
कञ्चनपुरमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण
२०७४ असार २३ शुक्रबार

असार २३,कञ्चनपुर ।
औलोको उच्च जोखिममा रहेको कञ्चनपुर जिल्लामा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ ।औलोको उच्च जोखिममा रहेका जिल्लाका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका नागरिकलार्ई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल वितरण गरेको हो ।
कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीका अनुसार गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको हो ।