ताजा समाचार

News

पुनर्वास–८ काँग्रेस, भीमदत्त ७ माओवादी, ६ र ८ एमाले, १२ र १३ काँग्रेस विजयी

२०७४ असार २२ बिहिबार
image not found
 
पहिलाद राना 
असार २२,कञ्चनपुर ।
 
कञ्चनपुरका दुई स्थानीय तह पुनर्वास र भीमदत्त नगरपालिकामा मत गणना जारी रहेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–८ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । काँग्रेसका उमेदवार श्रबण राना सहित निर्वाचित भएका छन् । रानाले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका बुद्धि बहादुर कटुवाललाई ५७मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए ।  
 
यस्तै भीमदत्त नगरपालिका– ६ माओवादी केन्द्र, ६ र ८ एमाले र  १२ र ३ मा नेपाली काँग्रेस विजयी भएका छन् । 
बिहीबार सम्पन्न मत गणना अनुसार ६ मा एमालेका हरक सिह धामी, ७ माओवादी केन्द्रका शंकर कुँवर र १२ मा नेपाली काँग्रेसका कृष्ण सिह देउवा र १३ मा लाल बहादुर शाही निर्वाचित भएका छन् । 
 
एमालेका हरक सिह धामीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका पिताम्बर भट्टलाई २५२ मतको अन्तरले हराउदै ६ को अध्यक्षमा निर्वाचित भए ।  धामीले १ हजार ५५ र भट्टले ८०३ मत ल्याएका थिए । माओवादी केन्द्रका शंकर कुँवरले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका गणेश बहादुर चन्दलाई मतको अन्तरले हराउदै ७ को अध्यक्षमा निर्वाचित भए । कुँवरले र चन्दले मत ल्याएका थिए । 
 
 
नेपाली काँग्रेसका कृष्ण सिह देउवाले आफ्ना निकटमत प्रतिद्वन्दी एमालेका तारादत्त जोशीलाई २१ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । देउवाले मत ३७९ र जोशीले ३५८ मत ल्याएका थिए । यस्तै १३मा नेपाली काँग्रेसका उम्मेदवार लाल बहादुर शाहीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका कालुसिह साउदलाई २५८मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । सिहले ७५४ र ४९६मत ल्याएका थिए ।
 
यस्तै भीमदत्त नगरपालिका–८मा एमालेका ध्वज बहादुर विष्टले माओवादी केन्द्रका वकिल सिह घरेडीलाई २६९मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । विष्टले ६२२ र घरेडीले ३५३मत ल्याएका थिए ।  सबैभन्दा बढि १९ वडा रहेको भीमदत्तमा यस अघि १, ३, ४, ५, १३ नेपाली काँग्रेसले जितेको छ । १४, १५ , १६ १७, १८ र १९ नेकपा एमालेले जितेको छ । २ नेकपा माओवादीले जितेको छ । अहिले  ८, ९ र १० र ११ को मत गणना भईरहेको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All