ताजा समाचार

News

फिफा वरीयतामा नेपाल १७०औँ स्थानमा

२०७४ असार २२ बिहिबार
image not found
असार  २२, काठमाडौं । 
 
फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल खस्किएको हो । ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ ।
 
गत जुनमा एएफसी एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले एक अंक थप गरेपनि वरीयतामा भने एक स्थान तल झरेको हो ।दक्षिण एसियामा भारतले शीर्ष स्थानमा कायमै छ र ४ स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लेको छ । भारत सन् १९९६ मा ९४औं स्थानसम्म पुगेको थियो ।
 
जर्मनी, ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ ।दक्षिण एसियाली क्षेत्रमा भारतसँगै माल्दिभ्स र भुटान–नेपालभन्दा अगाडि छन् । बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछि परेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All