ताजा समाचार

News

बेल्डाँडीमा दिनप्रतिदिन चोरी बढ्दै

२०७४ असार २२ बिहिबार
image not found
विमल धामी
असार २२,कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिकाको चवन्नी वजारमा दिनप्रति पसलहरुमा चोरी बढ्दै गाएको छ ।बुधवार राती चवन्नी वजारमा रहेको प्रकाश मेडिकल हलको देवालमा प्वाल पार्नको लागि ७,८ ईटा तोडेको छ । मेडिकलको देवाल तोड्ने प्रयासलाई स्थानीयहरुले नसा गर्ने समुहले सिरिन्ज लिनको लागि तोडेको हुन सक्ने आसंका गरेका छन् । 
 
ब्यवसायी प्रकाश धामीले भने “मेरो पसलमा के चोर्नको लागि यस्तो कार्य गरेछ, मेडिकलमा त मेडिसियनका सामान बाहेक अरु केहि राखेको छैन् यो कसैले दुश्मनीका कारण हुन सक्ने बताए ।”बेल्डाँडी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख ग्रिन्द्र बोगटीले चोर तुरुन्त पत्ता लाग्ने र कार्वाही गरिने बताए ।
 
उनले भने यति बेला सबै चुनावको काममा ब्यस्त भएकाले चोरहरु सकृय भएको जनाए ।यसरी दिन प्रतिदिन बेल्डाँडीमा चोरीको समस्याले स्थानीय बासीहरु त्रसित बन्दै गएका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All