ताजा समाचार

News

ज्वाई–ससुरा उछिन्दै माओवादीका शंकर निर्वाचित

२०७४ असार २२ बिहिबार
रेडियो सुदुर सञ्चार /
बेलौरी, असार २२ –  
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ मा नेकपा माओवादी केन्द्रका शंकर कुँवर विजयी भएका छन् । कुँवरले एमाले–काँग्रेसका उम्मेदवार ज्वाई–ससुरालाई उछिल्दै  वडाध्यक्षमा विजयी भएका हुन् । बिहीबार सम्पन्न मत गणना अनुसार कुँवरले एमाले काँग्रेसका (ज्वाई–ससुरा)भन्दा बढि मत ल्याएर वडाध्यक्षमा निर्वाचित भए । 
 एमालेका उम्मेदवार गणेश चन्द र काँग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ज्वाई ससुरा हुन् । गणेशका ससुरा गजेन्द्र हुन् ।  कुँवरले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार गणेश चन्दलाई २०२ मतको अन्तरले हराउदै अध्यक्ष निर्वाचित भएका भए ।
 
कुँवरले ७४३ र चन्दले ५४१ मत ल्याएका थिए । भने काँग्रेसका उम्मेदवार चन्दले ३७६ मत ल्याएका थिए । भीनपा ७ मा कुल २ हजार ९०० मतदाता रहेपनि १ हजार ९९२ मत खसेका थिए । भीनपा ७लाई मतदाताहरुले पनि कौतुहल्ताका रुपमा हेरेका थिए । ज्वाई–ससुरा र तेस्रो कुन उम्मेदवार आउँछ भनेर मतादाता गणना स्थलमा जिज्ञासा प्रकट गर्दै थिए ।