ताजा समाचार

News

बेलौरीमा माओवादी केन्द्रको विजयी

२०७४ असार २१ बुधबार
image not found
अबिनास चौधरी /
बेलौरी २१ असार -
कञ्चनपुरको पहिलो सरदमुकाम बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन् ।चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउदै मेयरमा निर्वाचित भएका हुन् । चौधरीले ६हजार ७६४ र भट्टले ६ हजार ४०७ मत ल्याएका थिए । उप मेयरमा भने एमालेका चित्रा चौधरी विजयी भएका छन् ।
 
चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राधा कडेँललाई ६२७मतको मतको अन्तरले हराउदै उपप्रमुखमा निर्वाचित भएका हुन् ।  चौधरीले ६हजार ७४८ र कडेँलले ६हजार १६१मत ल्याएका थिए । काँग्रेसका मेयरका उम्मेद्वार हरेन्द्र विष्टले ५हजार ४१२ र काँग्रेसकै उप मेयरका उम्मेदवार खिना भण्डारीले ५हजार ६२७मत ल्याएका थिए ।
 
 बेलौरी १०को वडाध्यक्षमा पनि माओवादी केन्द्रको  हरिलाल चौधरीको प्यानलै विजयी भएका छन् । उनले आफ्ना निकटमत प्रतिद्वन्दी एमालेका गणेश चौधरीलाई ३०८मतको अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भए । माओवादी केन्द्रका चौधरीले एक हजार ३०७ र एमालेका चौधरीले ९९९मत ल्याएका थिए । 
 
पञ्चायत कालमा कैलाली र कञ्चनपुरको सदरमुका बेलौरीको सामरिक महत्व छ । विस २०२६सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएको हो । बेलौरीमा तिन ठुला पार्टी विच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । अन्तत नेकपा माओवादीका उम्मेदवार चौधरीले विजयी हासिल गरेका हुन् । १ देखि ९ नम्बर वडामा रोमाञ्चल प्रतिस्पर्धा भएको थियो ।
 
बेलौरीको १० नम्बर वडाले चौधरीलाई विजयी गराएको छ । बेलौरीमा कुल २९ हजार ३७७ मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए । बेलौरीमा ४ माओवादी केन्द्र, ४  एमाले र १ काँग्रेसले जितेका छन् । १, ५, ६ र १० माओवादी केन्द्र र २, ४, ८ र ९ एमाले र ३नेपाली काँग्रेसले जितेको छ । 
 
फोटो क्याप्सन ः कञ्चनपुरको बेलौरी नगरपालिका माओवादी केन्द्रका पोतिलाल विजयी