ताजा समाचार

News

पुनर्वासको मतगणना सम्वन्धी विवाद टुङगियो मतगणना शुरु हुने

२०७४ असार २१ बुधबार
image not found
किशोरकुमार तामाङ
असार २१, पुनर्वास  ।
 
प्रदेश नं. ७ कञ्चनपुरको पुनर्वासमा गत शनिवार देखी स्थगित भएको मतगणना आज शुरु हुने भएको छ ।शनिबार नेपाली कांग्रेस , माओवादी केन्द्र र राप्रपाका उम्मेदवार तथा प्रतिनिधीहरुले मतगणनामा त्रुटि गरेको भन्दै मत गणना कार्यमा अवरोध गरेपछि मतगणना स्थगित भएको थियो ।  आईतबार राती अबेर सम्म बसी सर्वदलिय बैठक बसे पनि निश्कर्षमा भने पुग्न सकेको थिएन ।
 
मतगणना स्थगित भएको आज पाँचौ दिन भने पुनर्वासवासीले गरेको मतदानको परिणाम पाउन पक्का भएको छ । पुनर्वास नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा  े नव निर्वाचन अधिकृत टेककुमार रेग्मीज्यू द्धारा आज ९ बजे बोलाइएको सर्बदलिय बैठकले सबै दललाई सहमतीमा ल्याउन सफल बनेको छ  ।
 
दलहरुको सहमती संगै आज दिऊसो बाट विवादित वडा नं. १ देखी पुनं मतगणना हुने भएको छ । १ र ५ को पुनं मतगणना गर्ने आदेस प्रमुख जिल्ला निर्वाचन कार्यालय द्धारा आई सकेको अवस्थामा बाँकीका वडाहरुको पुनं मतगणनाका लागि आदेस लिई मतगणनालाई सुचारु गर्ने निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All