ताजा समाचार

News

अविरल बर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र डुबान

२०७४ असार २१ बुधबार
image not found
असार  २१,कञ्चनपुर ।
 
मंगलबार राती देखि अविरल रुपमा परेको बर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुवानमा परेका छन् । कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरका ६, ७, १८ नम्बर डुवानमा परेका छन् ।
 भने जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी, पुनर्वास, लालझाँडी, कृष्णपुर पुर्नवास क्षेत्रका गाँउ आनसिक डुवानमा परेको स्थानीयले बताए ।
 
 बर्षाका कारण लालझाँडीको वडा २ देखि ३ जोड्ने सडक भत्किदा आवात जावतमा समस्या परेको स्थानीय भक्ता रानाले बताए । उनका अनुसार चारदिन देखि सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ ।  भीमदत्त नगरपालिका –१८ कटानका स्थानीय आफ्नो टोल डुबानमा परेको भन्दै जनप्रतिनिधी खोल्दै हिडेका छन् । 
 
कटानका स्थानीय महिलाहरु छाता ओढेर प्रतिनिधी खोल्दै नगरपालिका पुगेका थिए । कटानका स्थानीय जानकी सार्कीले बर्षाले घर डुवान परेपछि आफुहरुको विचल्ली हुँदा नगरपालिका आएको बताए । कञ्चनपुरका विभिन्न खोला नालाको समेत सतह बढ्दै गएको छ ।  उत्तरी चुरेबाट आएको खहरे खोला, उचित ढल निकासको अभाव, अव्यवस्थित बसोबसका कारण कञ्चनपुरका डुबानको समस्या देखिएको छ ।