ताजा समाचार

News

बेलौरी–८ एमाले, कृष्णपुर ६ माओवादी

२०७४ असार २० मंगलबार
image not found
असार २० ,कञ्चनपुर 
मंगलबार सम्पन्न विभिन्न स्थानीय तहका वडाको मत परिमाण सार्वजनिक भएको छ । मंगलबार कञ्चनपुरको बेलौरी नगरपालिका ८मा एमाले, भीमदत्त ५मा नेपाली काँग्रेस, भीमदत्त १८मै एमाले, कृष्णपुर ६मा माओवादी केन्द्र र ३मा नेकपा एमालेको प्यानल विजयीभ भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८मा एमालेका नन्द कुमार रानाले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका बिश्राम रानालाई ११९मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । 
 
एमालेका रानाले ९५३ र माओवादीका रानाले ८३४मत ल्याएका थिए । सदस्यमा अमली चौधरी, असिना कुमारी कामी, महेश विष्ट, राजमान चौधरी निर्वाचित भएका छन् । कृष्णपुर–६मा माओवादी केन्द्रको प्यानलै र ३मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
 
माओवादी केन्द्रका नथ्थुराम चौधरीले काँग्रेसका कविराज भट्टलाई ४३मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । चौधरीले ७८७ र भट्टले ७४४मत ल्याएका थिए । भने चन्द्रकान्त भण्डारी, आशा ताम्राकार, सिता चौधरी, दशिराम चौधरी निर्वाचित भएका छन् ।