ताजा समाचार

News

शुक्लाफाटामा काग्रेस विजयी

२०७४ असार १९ सोमबार
डिल्लीराज पन्त
 असार १९, कञ्चनपुर ।
 
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा नेपाली काग्रेसका मेयर पदका उम्मेदवार दिल बहादुर ऐर विजयी भएका छन् । ऐरका निकटतम प्रतिद्वन्दी रहेका एमालेका उम्मेदवार रण बहादुर महरालाई ४१८ मतको अन्तरल पराजित गर्दै काग्रेसका ऐर मेयर (प्रमुख) पदमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ऐरले ६ हजार ३सय ३२ र महराले ५ हजार ४ सय २९ मत ल्याएका थिए । 
 
उप– मेयर पदमा भने एमालेका तुलसी हमाल विजयी भएका छनहमालले  आफ्ना निकटतम प्रतिद्वन्दी कँग्रेसका उम्मेदवार धर्मा विष्टलाई ८३ मतअन्तरले पराजित गर्दै उप मेयरमा निर्वाचित हुनुभएको हो । हमालले ५ हजार २सय ९३ र विष्टले ५ हजार २ सय १० मत ल्याएका थिए । 
 
शुक्लाफाटा नगरपालिकामा रहेका १२ वडा मध्ये ५ मा एमाले ४ मा माओवादी केन्द्रे र ३ मा नेपाली काग्रेसले वडा अध्यक्षमा जित हासिल गरेको छ ।
शुक्लाफाटा नगरपालिकामा कुल २४ हजार ७ सय ५६ मत मध्ये १८ हजार ५ सय १८ मत खसेका थिए ।
 
कञ्चनपुर जिल्लामा रहेका ९ स्थानिय तह मध्ये ४ स्थानिय तहको मत परिणाम आईसकेको छ बाकि मध्ये ४ मा  मतगणना जारीरहेको छ भने पुर्नवास नगरपालिकामा मत गणनाको विषयलाई लिएर सनिवार ४ वज बाट मतगणना स्थगित गरीएको छ । अहिले सम्म मत परिणाम घोषणा गरीएका स्थानिय तहको प्रमुख पदमा २ स्थानमा काग्रेस १ मा एमाले र १ मा माओवादि केन्द्र विजयी भएको छ ।