ताजा समाचार

News

बेल्डाँडी गाउँपालिकामा एमालेका अध्यक्ष उपाध्यक्ष विजयी

२०७४ असार १८ आइतबार
image not found
असार   १८, कञ्चनपुर  । 
 
 बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । बेल्डाँडी एमाले नेता दिपेन्द्र सिह धामीका अनुसार थापाले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका चन्द्र बहादुर सिहलाई ६१९ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ३हजार २१५ र सिहले २हजार ५९६ मत ल्याएका थिए । 
 
उपाध्यक्षमा एमालेकै उम्मेदवार कमला कार्की निर्वाचित भएका छन् । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका कृष्ण गिरीलाई मतको ८६१ मतको अन्तरले हराउदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीले ३ हजार १३७ र गिरीले २हजार २७५मत ल्याएका थिए ।  बेल्डाँडी एमाले अग्रज नेता लाल बहादुर रावतले एमालेको बेल्डाँडीमा जित संगै विकास निर्माण लगायत जनतासंग गरेका बाचा पुरा गर्ने बताए ।

प्रमुख समाचार

कर्मचारी

View All