ताजा समाचार

News

बेलौरी ५ मा माओवादी केन्द्रको प्यानलै विजयी

२०७४ असार १८ आइतबार
image not found
 रमेश प्रसाद भट्ट
असार १८,सुदूर संञ्चार । 
 
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–५मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएका छ । आइतबार दिउँसो सम्पन्न मत गणना अनुसार बेलौरी ५मा नेकपा माओवादी केन्द्रका साईतु कुमार चौधरी ३२१ मतले काँग्रेसका बिश्राम रानालाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । 
 
चौधरीले एक हजार ६४ र रानाले ७सय ४४मत ल्याएका थिए । सदस्यहरुमा निर्मला कुमारी डगौँरा, सिता देवी विश्वकर्मा, कृपाराम चौधरी  आशाराम डगौरा निर्वाचित भएको बेलौरी निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । प्यानलै विजयी भएपछि बेलौरी बजारमा निर्वाचित पदाधिकारी र शुभचिन्तकहरुले विजयी जुलुस समेत निकालेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All