ताजा समाचार

News

डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?

२०७४ असार १८ आइतबार
असार १८,डडेल्धुरा । 
 
 प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  कहाँ कसको जित ? अमरगढी नगरपालिका  अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपीन) र संगीता भण्डारी विजयी हुनु भएको छ । एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझा ३ हजार ७ सय ६८ मत ल्याई विजयी हुनु भएको हो ।
 
उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६ सय ४० मत ल्याउनु भएको हो ।    यस्तै माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३ सय ३९ मत ल्याउनु भयो । उपाध्यक्षमा विजयी भण्डारीले ३ हजार ५१७ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत ल्याईन्, भने माओवादीका करुणाकर ओझाले ७ सय १७ मत ल्याउनुभयो ।
 
अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । अमरगढी नगरपालिकामा एमालेले ४, ५, ७, ९, १० र ११ वडामा जित हासिल गरेको छ । १, २, ३, ६ र ८ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । परशुराम नगरपालिका  परशुराम नगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा पनि कांग्रेसकै कलापतिदेवी बोहरा विजयी हनुभएको  हो ।
 
साउदले ४ हजार ६ सय २९ मत ल्याउनु भयो  ।  उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह मालले ४ हजार ८८ मत ल्याउनुभयो । उपप्रमुख निर्वाचित बोहराले ४ हजार २१३ ल्याउनु भयो भने माओवादी केन्द्रका विमला महताले ३ हजार ६३८ मत ल्याउनुभयो ।
 
 प्रमुखमा निर्वाचित साउँद नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् निर्माण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । परशुराम नगरपालिकामा माओवादी केन्द्रले ६, कांग्रेसले ४ र एमालेले २ वडामा जितेको छ ।   आलिताल गाउँपालिका  आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका बलबहादुर गुरुङ २२६१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । प्रतिद्वन्दी माओवादी केन्द्रका जगत पार्कीले २०९८ मत ल्याउनुभयो ।
 
कांग्रेसकी ज्वालादेवी बोगटी २२४२ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुदाँ उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सुशीला खत्रीले १ हजार ९ सय ९४ मत ल्याउनुभयो ।   भागेश्वर गाउँपालिका  भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला भट्ट विजयी हुनुभयो ।   भट्टले २००७ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्दी एमालेका विष्णु ठकुराठीले १८४४ मत ल्याउनुभयो ।
 
कांग्रेसकै पदम बोहरा १८४४ मत ल्याएर उपाध्यक्षमा विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेकी कमला मालीले १४९५ ल्याउदा पनि जित्न सक्नु भएन । गन्यापधुरा गाउँपालिका  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार नवल मल्ल ३ हजार ३६९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभयो ।  प्रतिद्वन्द्वी एमालेका वीरेन्द्र मल्लले १९४६ मत ल्याउनुभयो । उपाध्यक्षमा कमला ठगुन्ना ३ हजार ४०७ मत ल्याएर विजयी हुदाँ उहाँका प्रतिद्वन्द्वी एमालेका कृष्णा ओझाले १८७३ मत पाउनुभयो ।
 
   अजयमेरु गाउँपालिका  अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छ । अध्यक्षमा उमेश भट्ट ‘विकास’ले २६९० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लोकराज भट्टले १७८० मत ल्याएर पनि पराजित हुनुभयो ।
 
माओवादी केन्द्रकी कलावती भाण २१७१ ल्याएर उपाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार किशोर बिष्टले १८०३ मत ल्याउनुभयो । कांग्रेसले टिकट नदिएपछि भट्ट र बिष्टले ‘बागी’ उम्मेदवारी दिनु भएको थियो । नवदुर्गा गाउँपालिका  नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भयो । एमालेका कविन्द्र विष्ट २९६९ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो ।
 
   प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी अवस्थीले दुई हजार ७४३ मत ल्याउनुभयो । कांग्रेसकी उम्मेदवार डम्बरी वलीले तीन हजार ४ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जयन्ती बुडाऐरले दुई हजार २७८ मत ल्याउनुभयो ।   ५२ वडा रहेको डडेल्धुरामा एमालेले सबैभन्दा बढी १९ मा जित हासिल गर्यो भने नेपाली कांग्रेसले १७ र माओवादी केन्द्रले १६ मा जीतेको छ ।  
 
सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक तहमा विजयी भएका छन् । नेपाली कांग्रेसले जिल्लाको एक नगर र तीन गाउँपालिकामा जितेको छ । यस्तै एमालेले एक नगर र दुई गाउँपालिकामा जित हात पारेको छ भने माओवादी केन्द्र एक गाउँपालिकामा विजयी भएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All