ताजा समाचार

News

बेल्डाँडी ४ मा एमाले र बेलौरी ५ मा माओवादीको प्यानलै विजयी

२०७४ असार १८ आइतबार
image not found
रेडियो सुदूर संञ्चार बेलौरी, असार १८  -
 
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका ४ मा नेकपा एमाले र बेलौरी नगरपालिका–५ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएका छन् ।
आइतबार दिउँसो सम्पन्न मत गणना अनुसार बेल्डाँडी गाउँपालिका –४ मा नेकपा एमालेका वीर बहादुर खड्का निर्वाचित भएका छन् । खड्काले आफ्ना निकटतम प्रतिद्वन्दी कांग्रेसका धन बहादुर थापालाई १२४ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले ४०२ र खडकाले २७७ मत ल्याएका थिए । सदस्यमा एमालेकै खगेश्वरी देवी भण्डारी, गुड्दी देवी दमाई, चन्द्र बहादुर खडका र धनीराम चौधरी निर्वाचित भएका छन् । 
 
यस्तै, बेलौरी ५ मा नेकपा माओवादी केन्द्रका साईतु कुमार चौधरी ३२१ मतले कांग्रेसका बिश्राम रानालाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरीले एक हजार ६४ र रानाले ७ सय ४४मत ल्याएका थिए । सदस्यहरुमा निर्मला कुमारी डगौँरा, सिता देवी विश्वकर्मा, कृपाराम चौधरी र आशाराम डगौरा निर्वाचित भएको बेलौरी निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । बेल्डाँडीमा एक र बेलौरीका ५ वडामा मात्रै मतगणना हुन बाँकी छ । 
 
 

प्रमुख समाचार

कर्मचारी

View All