ताजा समाचार

News

पुनर्वासमा मतगणनाको बिषयलाई लिएर सिर्जना भएको तनाव पश्चात अन्दोलनरत असन्तुष्ट दलहरुको अकस्मिक बैठक

२०७४ असार १८ आइतबार
image not found
किशोर तामाङ
 असार १८,पुनर्वास ।
 
सुदूरपश्चिम कञ्चनपुरको दक्षिणी बेल्ट स्थित पुनर्वासमा सिर्जना भएको तनाव पश्चात अन्दोलनरत असन्तुष्ट दलहरुको आकस्मिक बैठक आज बसीरहेको छ ।कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा हिजो एक्कासी मतगणनामा धाँधली भएको भन्दै विवाद चर्किए पछि यहाँको अवस्था अस्तव्यस्त  बनेको थियोे । वडा नं. १ को उपप्रमुख पदको मतगणनामा ११३ मत खसेको मत भन्दा बढी देखिएपछि  नेकपा माओवादी केन्द्रले नाराबाजी सुरु गरेको थियो ।  
 
नेपाली कांग्रेस,राप्रपा नेपाल,नयाँ शक्ति नेपाल,जनमोर्चा नेपाल,लोकतन्त्रिक फोरम र जनजागरण पार्टी नेपालले पनि अरु पदहरुमा पनि यस्तो हुन सक्ने भन्दै उक्त अन्दोलनलाई समर्थन दिए पछि पुनर्वास तनावपुर्ण बन्न पुगेको थियथियो अन्दोलनरत प्रदार्शनकारीहरुले मतगणना रोक्न नाराबाजी गरे पछि मतगणना स्थगित पारिएको छ ।
 
अन्दोलनरत असन्तुष्ट दलका कार्यकर्ता र समर्थक हरुको भिडलार्ई तितर बितर गरि स्थितिलाई  नियन्त्रणमा लिनका निम्ति १ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्याँस प्रहरीहरुले चलाएको थियो । पुनर्वासको अवस्था अहिले सुनसान छ । समुह बनाएर सो एरियातिर जान निषेध गरिएको छ ।
 
 सुरक्षा व्यवस्था बढाईएको अवस्थामा निर्वाचन अधिकृतको कार्यालय र मत पेटीका राखिएको भवन पुर्णरुपमा बाक्लो सुरक्षा घेरा भित्र राखि बिहानैबाट मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पार्दै मतगणना केन्द्र आसपास निषेधित क्षेत्र तोकिएको छ । पछिल्लो जानकारी अनुसार यस बिषयलाई लिएर  दलहरु वैठ्कमा बसिरहेका छन । सयुक्त बैठकको निर्णयले के निश्कर्ष निकाल्छ त्यो भने बैठक पश्चात नै थाहा हुनेछ ।

प्रमुख समाचार

कर्मचारी

View All