ताजा समाचार

News

बेलौरी ४ को अध्यक्षमा नेकपा एमालेका अर्जुन ढकालको पुरै प्यानल विजयी

२०७४ असार १८ आइतबार
image not found
रमेश प्रसाद भट्ट
असार १८, सुदूर संञ्चार ।
 
बेलौरी नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका अर्जुन ढकालको पुरै प्यानल विजयी भएको छ । अध्यक्षमा ढकालले ६०२ मत प्राप्त गदै नेकपा एमालेको पुरै प्यानलनै विजयी भएको हो । ढकालले आफ्ना निकटतम प्रतिद्धद्धि नेपाली काग्रेसका महादेव पण्डेलाई ७ मत अन्तरले पराजित गदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । 
 
उहाका निकटतम प्रतिद्धद्धि काग्रेसका पाण्डेको ५२३ मत ल्याएका थिए । निर्वाचित हुने सदस्यहरु क्रमश महिला सदस्य तुलसी श्रेष्ठले ६०१ मत, दलित महिला सदस्यमा शान्ता वि.क. ले ५९६ मत, सदस्य रुद्र प्रसाद अधिकारीले ६०५ मत, र शिव राज रानाले ५८४ मत ल्याएर निर्वाचित भएका छन् । ४ नम्बर वडामा कुल मतदाता संख्या २६७१ रहेकोमा जम्मा १९६६ मत खसेको थियो ।