ताजा समाचार

News

पुर्व लडाकु कमाण्डर वडा अध्यक्षमा निर्वाचित

२०७४ असार १७ शनिबार
मोहन विष्ट
असार १७ ,कञ्चनपुर    |   
 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८को वडाध्यक्षमा पुर्व लडाकु कमाण्डर निर्वाचित भएका छन् ।शुक्लाफाँटा नगरपालिका–८ को शनिबार दिउँसो सम्पन्न मत गणना अनुसार पुर्व लडाकु कमाण्डर बहादुर सिह महरा निर्वाचित भएका हुन् । शुक्लाफाँटा नगर निर्वाचन अधिकृतको कार्यालय अनुसार महराले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका कृष्ण सिह ठगुन्नालाई १४१ मतले हराउदै अध्यक्षमा निर्वाचित भएका छन् । महराले ६४१ र ठगुन्नाले ४०० मत ल्याएका थिए । सदस्यहरुमा समेत माओवादी केन्द्रकै निर्वाचित भएका छन् । बिमलादेवी चौधरी लाल सिह महरा, सरितादेवी टमाटा र जनक लाल चौधरी निर्वाचित भएका छन् ।
 
तत्कालिन नेकपा माओवादीले परिर्वतनका लागि भन्दै थालेको जनयुद्धमा शुक्लाफाँटा नगरपालिका–८ का निर्वाचित अध्यक्ष महरा विस २०५८ सालदेखि भूमिगत भएका थिए । ‘म यो समाज र देशको परिर्वतनका लागि १० बर्षसम्म जनयुद्धमा होमिएको थिए, ‘उनले भने, ‘आज आएर जनयुद्धका सपना साकार हुँदैछन् ।’ पुर्व प्लाटुन कमाण्डर महरा विस २०६९ सालमा जनमुक्ती सेनाको सातौँ डिभिजन कैलालीको बडैपुरबाट स्वैछिक अवकास पाएका थिए । दार्चुलाको लटिनाथ उच्च माविबाट आईए उर्तिण गरेर महरा जनयुद्ध हुँदै वडाध्यक्षको यात्रामा छन् ।
 
बुलेटको लडाई भन्दा प्यालेटको लडाई जित्न कठिन भएको उनको अनुभव छ । ‘अब निर्वाचन मार्फत सिहदरबारको अधिकार गाउँमा लागु गर्छु, ‘उनले भने, ‘हाम्रा जनयुद्धका एजेण्डा कार्यान्वयन गरेर जनतालाई विकास दिन्छु ।’ स्थानीय तहमा प्राप्त अधिकार जनताको घरदैलोमा पु¥याउने उनले प्रतिबद्धता जाहेर गरे ।  यसैविच शुक्लाफाँटामा सम्पन्न मत गणना अनुसार १ मा एमालेका हरिस विष्ट, २ मा माओवादी केन्द्रका शिवराज पनेरु, ३ मा माओवादी केन्द्रका नरेन्द्र चौधरी र ७ मा माओवादी केन्द्रकै जगत सिह निर्वाचित भएका छन् ।