ताजा समाचार

News

कञ्चनपुरको पुर्नवास नगरपालिकामा तनाव, सेना परिचालन

२०७४ असार १७ शनिबार
image not found
असार १७, सुदूर संञ्चार ।
 
कञ्चनपुरको पुनरवास नगरपालिका मा तनाव सिर्जना भएको छ । सनिवार  दिउसो ४ वजे मतगणना भईरहेका बेला फर्जिमत गण्ना भईरहेको भन्दै माओवादी केन्द्र ,काग्रेस लगायतका दलहरुले विरोध गरपछि त्यहाको स्थिति तनावग्रस्त भएको हो ।
 
पुनरवास नगरपालिका वडा नम्वर १को मतगणना भईरहेको बेला मतपरिणम आउनु भन्दा पहिले निर्वाचनमा खसेको मत भन्दा वढि मत गणना भएको भन्दै एमाले बाहेकका दलहरुले विरोध गर्दे नारा वाजि गरेपछि स्थिति असामान्य वनेको छ । फर्जि मत परेको कुरा वाहिरिए लगत्तै स्थानियले समेत विरोध गरेको र स्तिथिलाई सामान्य पार्न त्यहा नेपाली सेना परिचालित गरीएको छ ।
 
अहिले उक्त नगरपालिकाको मतगणना गर्ने कार्य स्थिगित गरीउको र विवाद वारे छलफल गर्न सर्वदलिय बैठक बस्ने पुनरवास नगरपालिका ५ का माओवाद केन्द्रका अध्यक्ष पदका उम्मेदवार पदम पुजारा ले जानकारी दिनुभएको छ । अहिले सम्म पुनरवास नगरपालिकाको ८ वडाको मतगणना भैसकेको थियो। जसमा अधिकांस पदमा एमालेको अग्रता रहदै आएको थियो ।