ताजा समाचार

News

कञ्चनपुरको लालझाँडीमा माओवादी विजयी

२०७४ असार १७ शनिबार
image not found
असार १७ –
कञ्चनपुरको लालझाँडी गाउँपालिकामा मत गणना सम्पन्न भएको छ । शुक्रबार राती मत गणना सम्पन्न भएको हो । लालझाँडी गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी भएका छन् । लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मदन बडायकले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।
 
बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले आफ्ना निकटम प्रतिद्वन्दी फरिता चौधरीलाई १२४ मतले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन् । महराले दुई हजार ३४५ र चौधरीले दुई हजार २२१मत ल्याएका थिए ।
 
लालझाँडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ३ र नेपाली काँग्रेसले ३ वडामा विजय हासिल गरेका छन् । माओवादी केन्द्र ३, ४ र ६ काँग्रेस १, २ र ५ वडामा विजयी भएका हुन् ।
 
माओवादी केन्द्रका उम्मेदवार ३ वडामा टिकाराम चौधरी, ४ वडामा बहादुर राना र ६ वडामा पोतिलाल चौधरी विजयी भएका छन् । काँग्रेस १ र २ वडामा विजयी भएको छ । ५ मा नन्दलाल अवस्थी निर्वाचित भएका छन् । लालझाँडी गाउँपालिकामा कुल १० हजार ८५१ मतदाता मध्ये ८ हजार ९६२ मत खरेको थियो ।