ताजा समाचार

News

न्यूयोर्कको अस्पतालमा अन्धाधुन्द गोली चल्यो, डाक्टरको मृत्यु

२०७४ असार १७ शनिबार
image not found
असार १७ – अमेरिकाको न्युयोर्कमा रहेको एक अस्पतालमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर अस्पतालका एक डाक्टरको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक गरेको अस्पतालका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 
 
अन्धाधुन्ध गोली चलाउने व्यक्ति अस्पतालका पूर्व डाक्टर हेनरी बेल्लो रहेको र उनले आफूलाई पनि गोली हानेको र घटनास्थलमा नै ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । न्युयोर्कको एक हजार शैयाको ब्रोंक्स–लेबानोन अस्पतालमा घटना भएको हो । न्युयोर्कका मेयर बिल डी ब्लासिओले आक्रमण आतंककारी गतिविधि नरहेको स्पष्ट पार्नुभएको छ ।