ताजा समाचार

News

रोनाल्डो जुमल्याहा सन्तानका पिता, तस्बिर सार्वजनिक

२०७४ असार १६ शुक्रबार
image not found

असार १६ – क्रिष्टियानो रोनाल्डोले आफू जुम्ल्याहा सन्तानको पिता बनेको घोषणा गरेका छन् । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा चिलीसँग पराजित भएको केही घण्टापछि रोनाल्डोले आफू जुमल्याहा सन्ताको पिता बनेको बताएका हुन् । केही हप्तादेखि पोर्चुगिज सञ्चामाध्यमले रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा (एक छोरा र छोरी) को पिता बनेको बताउँदै आएका थिए । तर रोनाल्डोल झण्डै तीन हप्तापछि मात्रै त्यसको पुष्टि गरेका हुन् । रोनाल्डोले आफ्नो फेसबुक पेजमा जुमल्याहा सन्तानसँगको तस्बिर पोस्ट गरेका हुन् ।

सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नामा माटेओ रहेको दाबी गरिएको छ । रोनाल्डो यसअघि सन् २०१० मा पनि सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका भए । रोनाल्डोका जुमल्याहा सन्तानको जन्म गएको यहि ८ मा भएको दाबी गरिएको छ । पोर्चुगिज फुटबल फेडेरेशन एफपिएफले एक वक्तव्य जारी गरेर रोनाल्डोले आफू पिता बनेको खबर कनफेडेरेशन कपका लागि रुस जानु अघि नै गराएको बताएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All