ताजा समाचार

News

अछाममा माओवादीको विजय जुलुसमा ढुंगामुढा

२०७४ असार १६ शुक्रबार

असार, १६ । अछामको रामारोशनमा माओवादी केन्द्रको विजय जुलुसमा ढुंगामुढा भएको छ । घटनामा ३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा वडा अध्यक्षसहित पूरै प्यानल जितेपछि माओवादीले विजय जुलुस निकालेको थियो । जुलसका क्रममा ढुंगामुढा भएको छ । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको माओवादीले अाराेप लगाएको छ ।

घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते दुवैको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ६ जनालार्इ नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

प्रमुख समाचार

कर्मचारी

View All