ताजा समाचार

News

पेनाल्टीमा चुक्यो पोर्चुगल, चिली गोलकिपर ब्राभो बने घातक

२०७४ असार १५ बिहिबार
image not found

असार १५ – पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पोर्चुगलका तीन पेनाल्टी प्रहारको सुन्दर बचाउ गरेको चिलीका गोलरक्षक क्लाउडियो ब्राभो चिलीको फाइनलमा यात्रामा हिरो साबित भए ।

चिलीले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई टाइब्रेकरमा ३–० ले हराएको हो । ब्राभोले रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहारको सुन्दर बचाउ गरेका हुन् । चिलीका तीनै पेनाल्टी प्रहार भने गोलमा परिणत भएर चिली फाइनलमा पुग्न सफल भयो । चिलीले खेलको अतिरिक्त समयमा पेनाल्टीका लागि गरेको अपिल रेफ्रीले अस्वीकार गरेका थिए भने दुई पटकको पोस्ट प्रहार गोलमा परिणत हुन सकेको थिएन ।

चिलीका लागि पेनाल्डीमा अटुरो भिडाल, कार्लेस एसान्गुइज र एलेक्स सान्चेजले गोल गरेका हुन् । चिलीले अब उपाधिका लागि जमर्नी वा मेक्सिकोसँग खेल्ने छ । जर्मनी र मेक्सिकोबिचको सेमिफाइनल खेल बिहीबार राति पौने १२ बजे सोचीमा हुनेछ । 

प्रमुख समाचार

कर्मचारी

View All