ताजा समाचार

News

बाजुराको छेडेदह–१ मा एमाले विजयी

२०७४ असार १५ बिहिबार

बाजुरा, असार १५ – बाजुरा छेडेदह गाउँपालिका–१ मा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर रावत ६ सय ६१ मतका साथ विजयी हुनु भएको हो । यो गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै अग्रता छ । एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर वलीले ६५७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई ५०५ मतसहित कांग्रेसका उम्मेदवार नरबहादुर रावतले पछ्याइरहनु भएको छ । यस्तै उपाध्यक्षमा पनि एमलेकी पवित्रा शाही  ६२५ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसकी कुन्तीदेवी साउदँले ५ सय २ मतसहित पछ्यारहनु भएको छ ।