ताजा समाचार

News

बेलौरीमा ‘फर्जी मतदान’, भोट दिन जाँदा अर्कैले हालेको पाइएपछि तनाव

२०७४ असार १४ बुधबार
image not found
बेलौरी, असार १४ - बेलौरी नगरपालिकामा फर्जी मतदान भएको भेटिएको छ । नगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल मतदान केन्द्र खिरियामा फर्जी मतदान भएको भेटिएको हो । मतदान गर्न मतदान केन्द्र पुगेकी फुलमति रानाले आफ्नो नाममा अर्कैले भोट हालेको भेटेपछि फर्जी मतदान भएको खुलासा भएको हो । “म जाँदा अर्कैले भोट हालिसकेको छ भने, परिचयपत्र देखाउँदा पनि भोट हाल्न दिएनन् ।” फुलमतिले भनिन, “मतपत्रको अर्धकट्टी पहिला नै च्यातेर राखको थियो ।”
 
माओवादी केन्द्रको बाहुल्यता रहेको उक्त वडामा वास्तविक मतदाताको स्थानमा अर्कैले भोट हालेको भेटिएपछि तनाव सिर्जना भएको पत्रकार रमेश भटले बताए । विवादका बीच फुलमतिलाई निवेदन लेखेर भोट हाल्न दिइएको र पाँच बजेभित्र मतदान स्थल पुगेका सबैलाई भोट हाल्न दिने व्यवस्था गरिएको छ । फुलमति रानाको मत अर्कैले हालेको पाइएपछि अरुहरुको भोट समेत त्यसरी हालेको हुन सक्ने भन्दै माओवादी केन्द्रले आपत्ती जनाएको छ ।
 
मतदान अधिकृत डम्बर सिंह खत्री नम्बरको मोबाइल स्वीच अफ गरेर बसेका छन् । मतदान अधिकृतले मोबाइल फोन समेत स्वीच अफ गरेर बस्न नमिल्ने जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनालले बताए । “हामीकहाँ यो रिपोर्ट आएको छैन । तर त्यसरी मोबाइल अफ गरेर बस्न मिल्दैन उनले भने । उक्त वडामा २ हजार ८ सय ७० मतदाता रहेका छन् ।