ताजा समाचार

News

सुदूरपशिचममा ६५ प्रतिशत मतदान,

२०७४ असार १४ बुधबार
 कञ्चनपुर, असार १४ – सुदूरपश्चिममा ४ः३० बजे सम्म ६५ प्रतिशत मत खसिसकेको क्षेत्रिय निर्वाचन कार्यालय धनगढीले बताएको छ ।
सुदूरपश्चमका कैलाली र कञ्चनपुरमा ६५ प्रतिसत  मत खसिसकेको छ भने  बैतडी, डोटी, डडेल्धुरा, दार्चुला, अछाम, बाजुरा र बझाङ जिल्लामा ६० दखि ६५ प्रतिसत मत खसिसकेको क्षेत्रिय निर्वाचन कार्यलय धनगढीका सुचना अधिकारी प्रेमराज भट्टले बताए  छ ।
 
दोस्रो चरणको निर्वाचन अन्तर्गत सुदूरपश्चिमका ८८ स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साह जनक रुपमा मतदान भईरहेको उनले बताए । उनका अनुसार मतदान केन्द्रमा लाईनमा बसेका मतदातले ५ बजेपछि पनि मतदान गर्न सक्ने छन् भने ५ बजेपछि मतदान गर्न आउनेले मतदान गर्न पाउने छैनन् ।
दोस्रो चरणमा प्रदेश नम्बर १,५ र ७ का १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वा्िचत हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वा्िचत भइसकेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All