ताजा समाचार

News

प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते

२०७४ असार १४ बुधबार

असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा भएकै बेला सुरक्षामा बसेको प्रहरीको गाडी कैलालीमा दुर्घटना भएको छ । कैलालीको सहजपुरमा प्रधानमन्त्री देउवाको सुरक्षाका लागि सडकमा ड्युटीमा रहेको प्रहरीको से १ ख १५०३ नम्बरको गाडी तीब्र गतिका कारण सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा दुईजना प्रहरी घाइते भएका छन् । घाइते मध्ये एकजनाको हातमा चोट लागेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All