ताजा समाचार

News

बाजुराको गुम्बामा मतदान सकियो

२०७४ असार १४ बुधबार

असार १४ –  बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ को हिमाल भक्ति प्रावि गुम्बा मतदान केन्द्रमा मतदान सकिएको छ ।  ३० जना मतदाता रहेको गुम्बा मतदान केन्द्रमा २८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।  एक जना मतदाता भारत गएका र एकको मृत्यु भएका बाहेक सबैले मतदान गरेका छन् । मतपेटिका हेलिकप्टरबाट ल्याइने भएकाले मतदान केन्द्रमा नै सुरक्षित साथ राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All