ताजा समाचार

News

बैतडीमा बिष्फोटको आवाज, मतदाता त्रसित

२०७४ असार १४ बुधबार

बैतडी, असार १४ – बैतडीमा २५ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेलले बताउनुभएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म २५ प्रतिशत मत खसिसकेको छ ।  यसैबिच बैतडीको पुर्चौडी नगरपालिकाको न्वादेउमा बिष्फोटको ठुलो आवाज सुनिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो ठाउँतर्फ खटाइएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । ठुलो बिस्फोटको आवाज आएपछि  त्यो ठाउँमा सुरक्षा ब्यवस्था कडा पारीएको जिल्ला सुरक्षा समितीले जनाएको छ । बिष्पोटको आवाजपछि त्यहा मतदाता त्रसित भएका छन ।  

प्रमुख समाचार

कर्मचारी

View All