ताजा समाचार

News

प्रधानमन्त्री देउवाले गरे मतदान

२०७४ असार १४ बुधबार
image not found

डडेल्धुरा, असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवाले  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गर्नुअघि उहाँले दश मिनेटको कच्ची सडकमा रहेको असीग्राम मन्दिरमा गई पूजापाठ गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले ८ बजेर २० मिनेटमा मतदान गर्नुभएको थियो, उहाँकी पत्नी आरजु राणा देउवाले भने मतदान गर्न बाँकी छ ।

आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै रहनुभएका प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवा आज विहानै मतदान केन्द्र जानुभएको थियो । डडेलधुरामा २७४ जनप्रतिनिधिका लागि ११ सय ८ २० मा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । 

प्रमुख समाचार

कर्मचारी

View All