ताजा समाचार

News

मतदानका लागि काठमाडौंबाट ६ लाख यात्री बाहिरिए

२०७४ असार १३ मंगलबार
image not found
असार १३ ,काठमाडौं। 
 
आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट करिब ६ लाख यात्री बाहिरिएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही असार १४ गते प्रदेश नम्बर–१, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनेक्रममा काठमाडौंबाट ती प्रदेशमा जाने यात्रीको चाप बढेको जनाएको छ ।
 
निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौंमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जानेक्रम असार महिना लागेपछि नै सुरु भएको हो ।महासंघका महासचिव सरोज सिटौलाले मतदाताकारुपमा गृहजिल्ला जान चाहने यात्रीको चापअनुसार सवारी–साधनको व्यवस्थापन गरिएको जानकारी दिए ।
 
उनले यात्रीको चाप बढेपछि बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमाभन्दा अतिरिक्त ६ लाख यात्री बाहिरिएको जानकारी दिए ।लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि काठमाडौंबाहिर जाने कलंकी, बल्खु, कोटेश्वरलगायत नाकामा यात्रीको भीड देख्न सकिन्छ ।
 
मंगलबारै (आज) साँझसम्म पुग्नुपर्ने भएकाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दिनमाभन्दा अहिले बाहिर जाने यात्रीको भीड छ ।
दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौंका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ । रासस
 

प्रमुख समाचार

कर्मचारी

View All