ताजा समाचार

News

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते

२०७४ असार १३ मंगलबार
image not found
 असार १३, रुकुम । 
 
रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति भएको झडपमा पाँचजना घाइते भएका छन् ।झडपकाक्रममा कांग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।
 
माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा कांग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ ।कांग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसीएलले आक्रमण गरेको बताएको छ । झडपकाक्रममा कांग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
 
घाइतेमध्ये कांग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस