ताजा समाचार

News

काग्रेस –माओवादी ले गतिलो काम नगर्दा चुनाव सार्दे गएः नेता नेपाल

२०७४ असार १० शनिबार
image not found
असार १०, कञ्चनपुर ।
 
नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका कारण स्थानिय निकायको निर्वाचनको मिति सरेको सर्यै रहेको पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपाल ले वताउनुभएको छ ।सनिवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एमाले को चुनावी सभालाईसम्वोधन गर्ने क्रममा उहाले नेता नेपालले यस्तो वताउनुभएको हो ।
 
 सभामा वोल्दै नेपाली काग्रेस र माओवादीको गठवन्धन सरकारले जनताको हितमा हुने कुनै काम नगरेकाले जनता सामु जाने अवस्था नरहेका कारण उहाहरुले चाहना चुनाव पुरै सार्ने र अहिले निर्वाचनका लागी आफु अनुकुल अवस्था नरहेकाले चुनाव हुन नदिने पक्षमा लागी परेको आरोप लगाउनु भएको छ ।भने विगतमा सांसदहरुको किनवेच गर्ने कार्य समेत काग्रेस पार्टिका शिर्ष नेताहरुले गरेको उहाले दावि गर्नुभएको छ ।
 
नेता नेपालले प्रदेश नम्वर ३, ४ र ६को चुनावमा एक्लै नेकपा एमाले पार्टिले काग्रेसलाई धेरै पछाडि धकेल्दै आफ्नो पार्टि एक नम्वर पार्टि भएको  र आगामी १४ गते हुन गईरहेको चुनावमा समेत एमाले बहुमतका साथ एक नम्वर पार्टि बन्ने ठोकुवा गर्नु भएको छ ।